arrow

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट लजमा आगलागी, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
fire-final.jpeg

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गएराति आगलागी हुँदा एक जना मजदुरको मृत्यु भएको छ ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो । 

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ