arrow

घातक आतङ्कवादी हमलाको एक वर्ष पूरा भएको अवसरमा पहलगाम क्षेत्रमा कडा सुरक्षा तैनाथ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
pahalgam-terror-attack-2025.jpg
तस्बिर : फाइल

पहलगाम । आतंककारीले एक नेपालीसहित २६ जनाको हत्या गरेको भारतको पहलगाम घटनाको बुधबार एक वर्ष पुग्दैछ । गत वर्ष अप्रिल २२ तारिखमा पहलगामबाट ६ किलोमिटर उकालोमा अवस्थित बैसरन उपत्यकामा उक्त आक्रमण भएको थियो । 

जम्मू र कश्मीरको राजधानी श्रीनगरबाट लगभग ९५ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा आतंककारीले धर्म सोधी सोधी गोली ठोकेर आक्रमण गरेका थिए । 

 बुधबार त्यो आतंकवादी आक्रमणको पहिलो वार्षिकी हो । यो समयमा पनि फेरि आक्रमण हुन सक्ने सम्भावनाका कारण कश्मीरभरका पर्यटकीय स्थलहरूमा सुरक्षा बढाइएको छ ।

पहलगाम आक्रमणको वार्षिकोत्सवमा पर्यटकीय स्थलहरू वरिपरि हुन सक्ने सम्भावित आतंकवादी हमलाहरू विरुद्ध सतर्क रहन सबै सुरक्षा एजेन्सीहरूलाई निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ