arrow

इरान-अमेरिका शान्ति वार्ता अन्योलमा: ट्रम्पको चेतावनीपछि तनाव बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
iran-usa-talk-26-4-6.jpg

काठमाडौँ ।  इरानले अमेरिकासँगको नयाँ चरणको शान्ति वार्तामा सहभागी हुने वा नहुने भन्नेबारे हालसम्म कुनै निर्णय नभएको सोमबार स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानसँग सम्झौता हुन नसकेमा त्यहाँका पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी दिएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो।

यसै महिनाको सुरुमा इस्लामावादमा भएको प्रारम्भिक वार्ता बिना कुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसयता दुवै पक्षले एकअर्कालाई अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले अर्को चरणको वार्ताको कुनै तत्काल योजना नरहेको बताउनुभयो। उहाँले अमेरिकाले कूटनीतिक प्रक्रियामा गम्भीरता नदेखाएको र इरानी बन्दरगाहमा जारी नाकाबन्दी तथा जहाज जफत गर्ने कार्य युद्धविरामको स्पष्ट उल्लङ्घन भएको दाबी गर्नुभयो।

यता, राष्ट्रपति ट्रम्पले पनि तेहरानले नै युद्धविराम पालना नगरेको आरोप लगाउनुभएको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज' मा जहाजहरूमाथि गोली प्रहार भएपछि मङ्गलबार राति युद्धविराम लगभग समाप्त हुने अवस्थामा पुगेको थियो।

फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने उद्देश्यले भएको अमेरिका-इजरायल आक्रमणबाट सुरु भएको यो युद्ध अन्त्य गर्ने प्रयासहरू फेरि अन्योलमा परेका छन्। शत्रुता फेरि बढ्न सक्ने डरले सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा समेत तीव्र वृद्धि देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ