arrow

नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन

गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
birjung-custom-office.jpg

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १६ अर्ब २० करोड अर्थात् १० प्रतिशतले बढी हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भन्सार विभागले नौ महिनाका लागि निर्धारण गरेको रु एक खर्ब ९९ अर्ब ३४ करोडको लक्ष्यको तुलनामा ८९ प्रतिशत प्रगति हासिल भएको छ। मासिक रूपमा हेर्दा चैत महिनामा सबैभन्दा बढी रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ भने कात्तिकमा सबैभन्दा कम रु १७ अर्ब ३३ करोड सङ्कलन भएको थियो।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरिका लागि कूल रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ। नौ महिनाको अवधिमा वार्षिक लक्ष्यको ६५ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ। आर्थिक वर्षको अन्तिम तीन महिना अझै बाँकी रहेकाले राजस्व सङ्कलनको ग्राफ अझै बढ्ने अपेक्षा कार्यालयले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ