काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार, उनको यस भ्रमणको मुख्य उद्देश्य अमेरिका र नेपालबीचको द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउनु रहेको छ।
नेपाल बसाइका क्रममा उनले सरकारी उच्च अधिकारीहरू, व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी हितका विविध पक्षमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।