arrow

साहित्यकार चन्दलाई वसुन्धराश्री र स्वामी अरुणलाई मानश्री पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
chand-arun.jpg

काठमाडौँ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको प्रतिष्ठित ‘वसुन्धराश्री पुरस्कार’ वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

नेपाली साहित्यको कथा, नाटक र निबन्ध विधामा विशिष्ट योगदान पुर्‍याई नेपाली वाङ्मयलाई समृद्ध बनाएको तथा विश्व समुदायमा नेपाली भाषा र साहित्यको पहिचान उच्च राख्न भूमिका खेलेकाले चन्दलाई यो पुरस्कार दिन लागिएको हो। वि.सं. १९९७ मा बैतडीमा जन्मनुभएका चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’ र ‘नेताका साथी’ लगायतका चर्चित कृतिहरू प्रकाशित छन्।

यसैगरी, प्रतिष्ठानले यस वर्षको ‘मानश्री पुरस्कार’ आध्यात्मिक चिन्तक तथा बोधिसत्व स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाल र विश्वभर योग, ध्यान एवं आध्यात्मिक दर्शनको विस्तार गरी नेपाली सभ्यता र वाङ्मयको श्रीवृद्धिमा योगदान दिएको भन्दै उनलाई सम्मानित गर्न लागिएको हो। वि.सं. २००१ मा जनकपुरमा जन्मनुभएका आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’ लगायतका कृतिहरू विभिन्न विदेशी भाषामा समेत अनुवाद भएका छन्।

यी दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रज्ञाप्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ