arrow

बढ्दो क्रममा विपद्का घटनाः छ दिनमा एक सय ४६ 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
ndrrma-rastriya-bipad-jokhim.jpg
तस्बिर : फाइल

काठमाडौँ । बितेका छ दिनमा देशभर कुल १४६ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । 

विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् । छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुईवटा घटना घटेका हुन् ।
 
विपद् प्रभावितको उद्धारका लागि २२९ प्रहरी परिचालित भएका थिए । विपद्मा परेर १९ जना घाइते भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ