arrow

वृहत एकताका लागि गगन थापाले थाले पहल, पूर्णबहादुर खड्कालाई भेट्न पुगे गल्फुटार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
gagan-purna-82-7-18.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल थालेका छन् । थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका छन् । 

थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका हुन् । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए ।

‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद शुरू गरेको छु’ थापाले भने । सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । 

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई सभापति थापाले आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ