काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार उपचारपश्चात घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।
उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा सेढाईंले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।
उनलाई जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर बिमार भएका कारण अस्पतालमा भर्ना भएका थिए । तत्कालीन प्रधानमन्त्रीका रुपमा उनलाई पक्राउ गरिए पनि ठोस मुद्धा चलाउने दोष नपाइएपछि हाललाई उनी रिहासमेत भएका छन् ।
उनी रिहा भएसँगै एमालेले गर्ने भनेको आन्दोलनसमेत फिर्ता लिएको छ ।