arrow

लेखा समितिको सभापतिमा कांग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
kabindra-burlakoti-01-03.jpg

काठमाडौँ ।  सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतको महत्वपूर्ण सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ।  

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय अभ्यास र सन्तुलनलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो। पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार संसदीय परम्परालाई सम्मान गर्दै लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिएको बताए ।

साथै रास्वपाले आफ्ना सांसदहरूलाई जिम्मेवारी बाँडफाँट गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई सभापतिको उम्मेदवार बनाएको छ।

त्यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, र पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई अघि सारिएको छ। महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजश्वी शेरचन, र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीले उम्मेदवारी दिनेछन्।

संयुक्त समितितर्फ रास्वपाले संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसका साथै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई सभापतिको उम्मेदवार बनाइएको छ। यो निर्णयसँगै रास्वपाले संसद्का विभिन्न विषयगत समितिहरूमा आफ्नो नेतृत्वदायी भूमिकालाई थप सुदृढ बनाउने प्रयास गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ