arrow

प्रतिपक्ष तीन दलबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
nc-uml-ncp-83-1-3.jpg

काठमाडौँ । सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसेको छ । बैठकमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, एमालेबाट पद्मा अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहररू सहभागी भएका छन् । 

बैठकमा संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको हो । 

विपक्षी दलहरुबीचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । 

लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो । यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ । श्रम संस्कृतिले उपसभामुख पाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ