arrow

सर्केगाडमा विकासको नयाँ आधार: गोठी खोला बेलिब्रिज सिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
humla-sarkegad-bellybridge.jpg

हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा रहेको बहुप्रतिक्षित गोठी खोला बेलिब्रिज निर्माण कार्य अगाडि बढेको छ । बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले औपचारिक सिलान्यास  गर्दै यो परियोजनाले सर्केगाडको समग्र विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।

गाउँपालिकाकै केन्द्रमा निर्माण हुन लागेको बेलिब्रिजले स्थानीय बासिन्दाहरूको दैनिकी सहज, आवतजावत सुरक्षित र छरितो बनाउनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा उल्लेखनीय गति ल्याउने विश्वास गाउँपालिकाका अध्यक्ष रोकायाको छ ।

सिलान्यास कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष धनबहादुर छत्याल, वडा नम्बर ८ का अध्यक्ष रङमल रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामराज शाही, बजार व्यवस्थापन समितिका अध्यक्ष रुपधन शाही, हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनियर लगायत सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको सर्केगाड गाउँपालिकाले जनाएको छ ।

बेलिब्रिज निर्माण सम्पन्न पश्चात् यो पुलले सर्केगाड क्षेत्रका नागरिकलाई वर्षौंदेखिको यातायात समस्याबाट मुक्ति दिलाउनुका साथै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

उक्त बेलिब्रिज निर्माणको जिम्मेवारी बरासु कन्स्ट्रक्सन प्रा.लि., सर्केगाड–४ ले लिएको छ, जसले निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्ने बरासु कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख अंगबहादुर सिंहले प्रतिबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ