चार प्रदेशका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
606
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।