arrow

आलोचनाबीच समानुपातिक सांसदसँग प्रधानमन्त्रीको भेट, के-के भयो छलफल ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
khusbu-oli-02-01.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले संघीय संसदका समानुपातिकतर्फका सांसदहरूसँग सामूहिक भेट गरेका छन्।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसदहरूलाई मात्रै भेट दिएको भन्दै आलोचना भइरहेका बेला बुधबार प्रधानमन्त्री साहले समानुपातिकतर्फका सांसदहरूसँग पनि छलफल गरेका हुन्।

भेटमा प्रधानमन्त्री साहले मुलुकमा विद्यमान समस्या र तिनको समाधानका लागि सरकारले चाल्नुपर्ने तत्कालीन कदमबारे सांसदहरूको धारणा लिएको सहभागीहरूले बताएका छन्।

भेटमा सहभागी खुश्वु ओलीले प्रधानमन्त्रीले विभिन्न विषयमा सांसदहरूसँग जिज्ञासा राखेको जानकारी दिएकी छन्।

उनले जनताको आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, क्यान्सर रोगीका लागि विशेष व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताएकी छन्।

भेटका क्रममा सांसदहरूले आ-आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा जनचासोका विषयहरू सरकारसमक्ष राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ