इरान युद्धबारे ट्रम्प र मोदीबीच ४० मिनेट कुराकानी, हर्मुज जलमार्ग खुला राख्न जरुरी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
2.4k
Shares
तस्बिर : फाइल
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुराकानी भएको छ । दुवैबीच लगभग ४० मिनेट फोनमा कुराकानी भएको हो ।
यस क्रममा दुई नेताहरूले इरान युद्धको बारेमा छलफल गरेका हुन् । दुवैले हर्मुजको जलमार्ग खुला रहनु पर्नेमा जोड दिएका छन् । टेलिफोन वार्तापछि मोदीले सामाजिक संजाल एक्समा लेखेका छन्, 'मलाई मेरो साथी राष्ट्रपति ट्रम्पको फोन आएको थियो। हामीले विभिन्न क्षेत्रमा दुई देशहरू बीच भएको काम र प्रगतिको बारेमा छलफल गर्यौं। हामीले भविष्यमा भारत र अमेरिका बीचको सम्बन्धलाई अझ बलियो बनाउने पनि भन्यौँ ।'
अमेरिका-इरान युद्धविरामपछि दुई नेताहरू बीचको यो पहिलो कुराकानी थियो। अमेरिकी राजदूत सर्जियो गोरले रिपोर्ट गरे कि फोन कलको क्रममा प्रधानमन्त्री मोदीले ट्रम्पलाई भने, "भारतका जनता तपाईंलाई माया गर्छन्।" ट्रम्पले जवाफ दिए, "हामी सबै तपाईंलाई माया गर्छौं।"
गोरले प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको जलमार्गको बारेमा छलफल गरेको बताएका छन्। उनले आगामी दिन र हप्ताहरूमा भारत र अमेरिकाबीच ऊर्जा सम्बन्धी प्रमुख सम्झौता हुने अपेक्षा गरिएको पनि बताएका छन्।
गरोले भारत-अमेरिका सम्बन्ध बलियो रहेको बताएका छन्। दुई देशबीचको सहकार्य निरन्तर बढिरहेको छ र उनीहरूले धेरै महत्त्वपूर्ण मुद्दाहरूमा सँगै काम गरिरहेका छन्।
२० दिनमा यो दोस्रो ट्रम्प-मोदी वार्ता हो।
यसअघि प्रधानमन्त्री मोदी र ट्रम्पले मार्च २४ मा फोनमा कुराकानी गरेका थिए।