arrow

नयाँ वर्षमा प्रधानमन्त्री वालेन्द्रको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
balen-shaha-13-12-082.jpg

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मंगलबार नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले सबैको जीवन सुखमय र आरोग्य रहोस् भन्ने कामना गरे। उनले संस्कृतको प्रसिद्ध श्लोक 'सर्वे भवन्तु सुखिनः' उल्लेख गर्दै सबैको कल्याण र दुःखको नाश हुने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो सन्देशमा लेखेका छन्, "हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ