मिथुन-२०८३: आम्दानी बढ्ने तर खर्च र स्वास्थ्यमा ख्याल गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
836
Shares
मिथुन-२०८३
२०८३ साल मिथुन राशिका लागि उतारचढावपूर्ण तर अवसरले भरिएको वर्ष रहने संकेत देखिन्छ। वर्षको प्रारम्भमा बृहस्पतिको अनुकूल प्रभावले आत्मविश्वास बढ्ने, नयाँ योजना बनाउने तथा कार्यक्षेत्रमा उत्साह जाग्नेछ। बौद्धिक क्षमता बढ्ने, अध्ययन-अध्यापन तथा सञ्चार क्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना देखिन्छ । तर केतुको प्रभावका कारण कहिलेकहीँ निर्णयमा अस्थिरता, अन्योलता तथा मानसिक द्वन्द्व अनुभव हुन सक्छ । साथै विद्याका क्षेत्रका लागि योवर्ष अनुकल देखिन्छ। ठेक्कापट्टा, यातायात व्यवसायी-सेयर कारोबारीहरूलाई निकै राम्रो रहनेछ । केही आर्थिक लाभ पनि प्राप्त हुनेछ। तर आफन्त वा साथीभाइबाट धोका हुन सक्ने देखिन्छ । आफ्नो स्वास्थमा बाधा हुन सक्ने हुनाले सावधानी हुन आवश्यक छ।
वर्षको मध्यतिर बृहस्पतिको गोचर परिवर्तनपछि खर्च वृद्धि, स्वास्थ्यमा केही कमजोरी तथा कार्यक्षेत्रमा दबाब बढ्ने संकेत देखिन्छ। दाजुभाइ तथा आफन्तसँग सामान्य मनमुटाव आउन सक्छ । यस समयमा धैर्य र संयमता अपनाउनु अत्यन्त आवश्यक हुनेछ । शनिको प्रभावले मेहनत धेरै गर्नुपर्ने तर परिणाम ढिलो आउने अवस्था सिर्जना गर्न सक्छ, जसले कहिलेकाहीँ निराशा उत्पन्न गराउन सक्छ ।
राहु लाभ भावतिर सक्रिय हुँदा वर्षको उत्तरार्धमा आम्दानीका नयाँ स्रोतहरू खुल्ने, व्यवसायमा विस्तार हुने तथा अधुरा कामहरू सम्पन्न हुने योग बन्नेछ । सामाजिक प्रतिष्ठा बढ्ने, नयाँ सम्बन्धहरू स्थापित हुने तथा वैदेशिक अवसरहरू प्राप्त हुने सम्भावना पनि प्रबल देखिन्छ । असारपछि क्रमशः सुधार हुँदै जानेछ । यो वर्ष वैशाख, जेठ, माघ महिना तुलनात्मक रूपमा शुभ छन् । साउन र मङ्सिर महिना केही चुनौतीपूर्ण देखिन्छन् । वैतनिक, श्रम तथा वैदेशिक कार्य सफल हुनेछ भने अन्य काम सामान्य रहनेछ ।
समग्रमा यो वर्षको
वैशाखः उत्साह र नयाँ अवसर।
जेठः मानसिक तनाव र खर्च वृद्धि।
असारः लाभ र कार्यसिद्धि।
साउनः विवाद र असन्तोष।
भदौः सामान्य प्रगति।
असोजः उपलब्धि र सफलता।
कार्तिकः धन लाभ र प्रतिष्ठा।
मङ्सिरः स्वास्थ्य समस्या।
पुसः मिश्रित फल।
माघः आम्दानी वृद्धि।
फागुनः खुशी र सफलता।
चैतः खर्च वृद्धि तर उपलब्धि।
जागिरः
मिथुन राशिका व्यक्तिहरूका लागि यो वर्ष करियरमा परिवर्तन र प्रगतिका संकेत देखिन्छन्। नयाँ अवसर प्राप्त हुने, पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ । सञ्चार, शिक्षा, लेखन, मिडिया तथा सूचना प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विशेष लाभ हुनेछ । प्रतिस्पर्धा बढे पनि आफ्नो बुद्धिमत्ता र योजना क्षमताले सफलता दिलाउनेछ ।
आर्थिकः
आर्थिक पक्ष मध्यम रहनेछ। प्रारम्भमा आम्दानी राम्रो भए पनि बीचतिर खर्च बढ्न सक्छ। व्यापार विस्तार हुने, नयाँ स्रोतहरूबाट आय प्राप्त हुने सम्भावना छ। तर जोखिमपूर्ण लगानी गर्दा सावधानी अपनाउनु आवश्यक हुनेछ । शेयर बजारमा लगानी सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ ।
अध्ययनः
विद्यार्थीहरूका लागि यो वर्ष राम्रो रहनेछ । अध्ययनमा रुचि बढ्ने, नयाँ ज्ञान प्राप्त हुने तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ । बीचमा ध्यान विचलन हुन सक्ने भए पनि अन्तिम समयमा सफलता प्राप्त हुनेछ । वैदेशिक अध्ययनका लागि अवसर प्राप्त हुन सक्छ ।
पारिवारिकः
पारिवारिक जीवन मिश्रित रहनेछ । परिवारमा समझदारी कायम रहनेछ तर बीचतिर साना विवाद आउन सक्छन् । दाजुभाइ तथा आफन्तसँग सम्बन्धमा उतारचढाव देखिन सक्छ । सन्तान पक्षबाट मध्यम फल प्राप्त हुनेछ ।
प्रेम सम्बन्धः
प्रेम सम्बन्धमा प्रारम्भ राम्रो रहनेछ । नयाँ सम्बन्ध स्थापित हुने तथा पुराना सम्बन्ध सुदृढ हुने संकेत देखिन्छ। तर बीचतिर गलतफहमीका कारण तनाव आउन सक्छ । संवादमा ध्यान दिनु आवश्यक हुनेछ ।
स्वास्थ्यः
स्वास्थ्यका दृष्टिले वर्ष मध्यम रहनेछ। स्नायु, छाला, पाचन तथा मानसिक तनावसम्बन्धी समस्या देखिन सक्छ। नियमित व्यायाम, ध्यान तथा सन्तुलित आहार आवश्यक हुनेछ । भगवान विष्णुको आराधना तथा “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप लाभदायी हुनेछ ।
प्रतिकूल महिनाः जेठ, साउन र मङ्सिर।
अनुकूल महिनाः वैशाख, असार, कार्तिक र फागुन।
शुभ रंगः हरियो, पहेँलो र आकाशे ।
शुभ अंकः ३, ५ र ७।
शुभ बारः बुधबार, शुक्रबार र आइतबार
उपायः
यस वर्ष बुध ग्रहको शान्तिका लागि गणेशजीको पूजा, बुधबार व्रत तथा हरियो वस्त्र दान गर्नु लाभदायी हुनेछ । विद्यार्थी तथा पेशागत क्षेत्रमा सफलता प्राप्त गर्न “ॐ बुं बुधाय नमः” मन्त्र जप गर्नु उपयुक्त हुनेछ । साथै तुलसी पूजा र गरिबलाई हरियो दाल वा सागसब्जी दान गर्दा शुभ फल प्राप्त हुनेछ ।