arrow

पर्खाइमा नागढुंगा सुरुङमार्ग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
nagdhunga-tunnel-82-12-30 (6).jpg

काठमाडौँ । धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्वको मानिन्छ ।

यस सुरुङमार्गको औपचारिक सिलान्यास २०७६ कार्तिकमा भएको थियो । परियोजनाको शुरूआती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

 जापान सरकारको सहुलियत ऋण सहयोगमा  जापानी कम्पनी हाजमा–आन्दो जेभीले जिम्मा पाएको थियो । प्रारम्भिक रूपमा परियोजना करिब ४२ महिनामा  २०७८/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । विभिन्न प्राविधिक र भौगोलिक समस्याको कारण देखाउँदै समय लम्बिँदै २०८२ सम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ । धादिङ क्षेत्रमा पहिरो नियन्त्रण र टोल गेट निर्माण कार्य भइरहेको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाइसकेको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का दिएको हो ।

यसका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरी सकेको छ । मन्त्रालयले  राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा  राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो ।

जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । 

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।
 

nagdhunga-tunnel-82-12-30 (2).jpg
nagdhunga-tunnel-82-12-30 (3).jpg
nagdhunga-tunnel-82-12-30 (4).jpg
nagdhunga-tunnel-82-12-30 (5).jpg
nagdhunga-tunnel-82-12-30 (6).jpg
nagdhunga-tunnel-82-12-30 (7).jpg
nagdhunga-tunnel-82-12-30 (8).jpg
nagdhunga-tunnel-82-12-30 (9).jpg
nagdhunga-tunnel-82-12-30 (10).jpg
nagdhunga-tunnel-82-12-30 (11).jpg
nagdhunga-tunnel-82-12-30 (12).jpg
nagdhunga-tunnel-82-12-30 (13).jpg
nagdhunga-tunnel-82-12-30 (14).jpg
nagdhunga-tunnel-82-12-30 (15).jpg
nagdhunga-tunnel-82-12-30 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ