arrow

स्वेच्छिक घोषणा

धनी बालेन सरकारः मन्त्रिपरिषदका सबैसँग सुनैसुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
gold-ministers-ai.jpg
तस्बिर : एआईबाट ।

काठमाडौँ । वालेन्द्र साह बालेन सरकारका मन्त्रिपरिषदका सदस्यहरू सुनैसुनले भरिएका देखिएका छन् । उनीहरूले स्वेच्छाले देखाएको सम्पत्ति विवरणमा सबैसँग सुन देखिएको हो । कम्तीमा पाँच तोलादेखि १९० तोलासम्म सुन देखाइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेनकी श्रीमती सबिना काफ्लेका नाममा १९० तोला सुनको गरगहना रहेको विवरणमा उल्लेख छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवसँग १८० तोला रहेको देखाइएको छ । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको देखाइएको छ । 

त्यस्तै श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको विवरण सार्वजनिक गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले  ४५ तोला सुन रहेको सार्वजनिक गरेका छन् । 

परराष्ट्रमन्त्री शिशिर खनालले २२ तोला सुन रहेको खुलाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहेतासँग समान ३ तोला सुन रहेको सार्वजनिक गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग समान २५ तोला सुन रहेको खुलाएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग १८ तोला सुन रहेको उनले विवरणमा खुलाएकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग समान १५ तोला सुन भएको देखाएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ११ तोला सुन रहेको खुलाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले ७ तोला सुन रहेको बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले आफूसँग ५ तोला सुन रहेको उल्लेख गरेकी छिन् । 

यो स्वघोषणा हो । कुनै छानबिन हैन । यसबाट ठ्याक्कै यत्ति नै भन्ने यकिन भने गर्न सकिँदैन । 

गत चैत १३ गते बालेन सरकार गठन भएको हो । २९ गते सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । १३ दिनमात्र मन्त्रीको कुर्सीमा बसेका निवर्तमान श्रम मन्त्री दीपक साहले भने सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुनुपर्यो ।

शुक्रबार मात्रै मन्त्री बनेका गौरीकुमारी यादव र रामजी यादवले भने तत्कालै सम्पत्ति विवरण पेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ