arrow

परराष्ट्रमन्त्री खनालले गरे भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीसँग भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
shishir-khanal-82-12-21.jpg
तस्बिर : फाइल

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेश मन्त्री डा एस जयशङ्करसँग भएको भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
 
परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी मन्त्री खनालसँग भुटानका समकक्षी डीएन धुङ्गेलसँग पनि भेटवार्ता गरे । त्यस अवसरमा नेपाल–भुटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारेमा छलफल भएको थियो ।

मन्त्री खनाल र बङ्गलादेशका समकक्षी मन्त्री खलिलुर रहमानबीच पनि भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै उनीहरूले सहयोगका विविध क्षेत्र विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विमर्श गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ