arrow

बिहानैदेखि वर्षा हुँदा उच्च हिमाली क्षेत्रमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
rain-bajura.jpg

बाजुरा । बाजुरामा बिहानैदेखि वर्षा भइरहेको छ । बाजुराका नौ ओटै स्थानीय तहमा हावाहुरीका साथै वर्षा भइरहेको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ ।

बाजुराको बडीमालिका, गौमूल, बूढीनन्दा, हिमाली, त्रिवेणी नगरपालिकाका हिमाली क्षेत्रमा हिउँ परिरहेको छ भने अन्य पालिकामा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ ।

मौसममा आएको बदलिँदा कारण वर्षा र हिमपात हुँदा अत्यधिक चिसोसमेत बढेको छ ।

चिसोले ससाना बालबालिकादेखि बृद्धबृद्धा बढी प्रभावित भएका छन् भने एसइई दिइरहेका परीक्षार्थीसमेत प्रभावित बनेका छन् ।

बाजुराका उच्च हिमाली क्षेत्रमा पटकपटक हिमपात भइरहेकोले जिल्लामा चिसो घट्न नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बडीमालिका, रानीशैन, बूढीनन्दा, त्रिवेणी, कालाजग्रा, पोरखेगढीमा वर्षा हुने बितिक्कै हिमपात हुने गरेको छ ।

लगातार वर्षा भएसँगै उच्च हिमाली तथा लेकाली क्षेत्र हिमपातले सेताम्य बनेका छन्। अग्ला डाँडा पाखामा हिउँपात भएको छ भने सडकण्ड हिलाम्मे हुनुका साथै इन्टरनेट र विद्युतीय सेवासमेत प्रभावित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ