arrow

महंगी नियन्त्रणमा सरकार असफल भएको सांसद दुलालको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
yubraj-dulal-samsad.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् ।

सिंहदरबारस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको सुरुआती कामकारबाही प्रभावकारी नभएको टिप्पणी गरे ।

दुलालले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको बताए ।

उनका अनुसार इन्धन मूल्यवृद्धिको असर निर्माण क्षेत्रसम्म परेको छ र आर्थिक गतिविधि सुस्त हुने अवस्था सिर्जना भइरहेको छ ।

उनले यस्तो परिस्थितिमा सरकारले संकट व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जनताको जीवन रक्षा नै पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

यस्तै, कृषिको मुख्य सिजन शुरू हुन लागेकाले मल अभाव समाधान गर्न सरकारलाई आवश्यक कदम चाल्न पनि उनले सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ