arrow

ओलीको मुद्दा खारेज गर्न एमालेको माग, सरकारमाथि विभेदपूर्ण व्यवहारको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
guru-baral-uml.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो माग गरेका हुन् ।

उनले ओलीसँगै कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकमाथि पनि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास भइरहेको आरोप लगाउँदै यसप्रति कडा आपत्ति जनाए ।

सांसद बरालले एउटै घटनामा सुरक्षा निकाय, कर्मचारी र राजनीतिक नेतृत्वमाथि फरक-फरक मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले यस्तो व्यवहारले विधिको शासन कमजोर हुने र संविधानको उल्लंघन हुने दाबी गरे ।

उनका अनुसार भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धानमा तीन तहको फरक दृष्टिकोण अपनाइएको छ, जसले पूर्वाग्रही ढंगले मुद्दा अघि बढाइएको संकेत गर्छ ।

बरालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उक्त मुद्दा खारेज गर्न माग गरे ।

साथै उनले सरकार संविधान र कानूनको मर्मविपरीत अघि बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ