arrow

मालपोत र यातायात कार्यालयबाट नौ जना बिचौली पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
sarlahi-bichauli.jpg

काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित मालपोत र यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने नौ जना बिचौलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ मलङ्गवा नगरपालिका–९ स्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर र भूमि सुधार तथा मालपोत कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा ट्रायल सेन्टरबाट मलङ्गवाका जय प्रकाश साह र रबी साह रहेका छन्। त्यस्तै, मालपोत कार्यालय परिसरबाट प्रमोद कुमार यादव, नन्द किशोर यादव, नागेन्द्र यादव, रामबिनय राय, रञ्जन कुमार ठाकुर, प्रमोद साह र योगेन्द्र महतो पक्राउ परेका हुन्।

सर्लाही प्रहरीका निमित्त प्रवक्ता बिन्देश्वर यादवका अनुसार सेवाग्राहीसँग अतिरिक्त रकम माग्दै सरकारी काममा अवरोध पुर्‍याइरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको थियो। पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलीको चलखेल बढेको जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो। पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ