arrow

चितवनको आँपटारीमा बस, बोलेरो र अटो एकापसमा ठोक्किए, १५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
Accident-sign.jpg

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बोलेरो एकापसमा ठक्कर खाएका थिए। 

सोही क्रममा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटो समेत बोलेरोको पछाडि ठोक्किन पुगेको थियो।

दुर्घटनामा घाइते हुनेहरूमा बसमा सवार १४ जना र अटोका चालक रहेका छन्। घाइतेहरूको चितवनका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र बाँकी चार जनाको नेसनल सिटी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ