काठमाडौँ । नेपाल स्रष्टा समाजद्धारा प्रदान गरिँदै आएको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान यस वर्ष उदयपुरकी मालावती काफ्लेलाई दिइने भएको छ ।
ओझेलमा रहेका नारी स्रष्टालाई प्रदान गरिँदै आएको यो सम्मानको नगद राशि पन्ध्र हजार एक सय एघार रुपैयाँ रहेको छ ।
आगामी बैशाख ९ गते एक कार्यक्रम आयोजना गरी उक्त सम्मान अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए ।
सामाजिक अन्यायविरुद्ध आवाज उठाइरहेकी काफ्लेका विभिन्न झ्याउरे गीत, संगिनीका माध्यमबाट ती कुराहरुलाई व्यक्त गर्छिन् । उनी विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवामा पनि लागिपरेकी स्रष्टा हुन् ।
नेपाल स्रष्टा समाजकी पूर्व महासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान वि.स.२०७५ सालमा स्थापना गरेकी हुन्।