arrow

युद्धविरामको माग गरेको भन्ने ट्रम्पको दाबीलाई इरानले गर्‍यो खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
usa-iran-flag.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविरामका लागि आग्रह गरेको भनी गरेको दाबीलाई इरानले बुधबार आधिकारिक रूपमा खण्डन गरेको छ। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ट्रम्पको उक्त अभिव्यक्तिलाई पूर्णतः 'असत्य' र 'आधारहीन' भन्दै यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। 

सअघि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानी राष्ट्रपतिले अमेरिकासँग युद्ध रोक्न चाहेको दाबी सार्वजनिक गरेका थिए, जसलाई इरानले तत्कालै अस्वीकार गरिदिएको हो।

ट्रम्पले आफ्नो पोस्टमा इरानले युद्धविरामका लागि अनुरोध गरेको उल्लेख गर्दै स्वतन्त्र आवागमनका लागि हर्मुज जलसन्धि खुला गर्न इरान तयार हुनुपर्ने सर्त अघि सारेका थिए। 

उनले इरानले उक्त मार्ग खुला गरेमा मात्र युद्ध रोक्ने विषयमा विचार गर्न सकिने तर त्यसो नभएमा इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्ने वा ढुङ्गे युगमा फर्काइदिने चेतावनी समेत दिएका थिए। 

इरान र अमेरिका–इजरायलबीचको सैन्य द्वन्द्व उत्कर्षमा पुगेका बेला आएको ट्रम्पको यो दाबीको अहिलेसम्म कुनै स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन। 

दुवै देशबीचको यो वाकयुद्धले मध्यपूर्वको तनावलाई अझै अन्योलपूर्ण बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ