arrow

ओलीले बादललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
kp-oli-and-ram-bahadur-thapa-badal.jpg

काठमाडौँ । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा 'बादल' लाई दिइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उनी मुक्त नहुँदासम्मका लागि थापालाई यो जिम्मेवारी सुम्पिएको हो।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको संसदीय दलको संयुक्त बैठकमा यसबारे जानकारी गराइएको हो। एमालेका केन्द्रीय सदस्य एवं सांसद ऐनबहादुर महरका अनुसार अध्यक्ष ओलीले थापालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका हुन्। यसअघि आजै भएको दलको बैठकले थापालाई संसदीय दलको नेतामा समेत निर्विरोध चयन गरिसकेको छ।

गत भदौ (सन् २०२५ सेप्टेम्बर) मा भएको 'जेन-जी' युवा आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा अध्यक्ष ओलीलाई गत शनिबार भक्तपुरस्थित उहाँको निवासबाट पक्राउ गरिएको थियो।

सरकारले उक्त आन्दोलनमा भएको ७७ जनाको मृत्यु र अर्बौँको भौतिक क्षतिको मुख्य जिम्मेवार तत्कालीन सरकारको नेतृत्वलाई ठहर्‍याउँदै कानुनी कारबाही अघि बढाएको हो। अध्यक्ष ओली हाल अदालती प्रक्रिया र स्वास्थ्योपचारका क्रममा रहेकाले पार्टीको दैनिक कार्यसम्पादन र नेतृत्वको रिक्तता मेटाउन उपाध्यक्ष थापालाई अगाडि सारिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ