arrow

एमाले संसदीय दलको निर्णय

बादल बने दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
ram-bdr-thapa_badal.jpg

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' चयन भएका छन्। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले थापालाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

बैठकको सुरुमा सांसद सुहाङ नेम्वाङले पनि दलको नेताका लागि इच्छा व्यक्त गरेका थिए।  पछि नेताहरूबीचको सहमतिका आधारमा थापालाई निर्विरोध चयन गरिएको एमाले सांसद ऐनबहादुर महरले जानकारी दिए।

नवनिर्वाचित दलका नेता थापालाई पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल लगायतका शीर्ष पदाधिकारीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेल दुवैले प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि एमालेको संसदीय नेतृत्वको जिम्मेवारी वरिष्ठताका आधारमा उपाध्यक्ष थापाको काँधमा आएको हो।

हाल प्रतिनिधि सभामा नेकपा (एमाले) का २५ जना सदस्य रहेका छन्। भोलि बिहीबार बस्ने संघीय संसद्को पहिलो बैठकमा अब एमालेको नेतृत्व थापाले गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ