arrow

आइतबार सभामुखको निर्वाचन, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
parliyament-shaphat-082.jpg

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो । बैठकअनुसार चैत २० गते उम्मेद्वारी मनोनयन दर्ता गरिनेछ ।

चैत २२ गते निर्वाचन सम्पन्न गरी सोही दिन नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको बताइएको छ ।

सभामुख चयनसँगै प्रतिनिधिसभाको नियमित संसदीय कामकारबाहीलाई अघि बढाउने तयारी गरिएको छ ।

सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको नाम चर्चामा आएको छ। उपसभामुख भने अन्य पार्टीबाट हुनुपर्ने व्यवस्था छ ।

हाल सभामुखको भूमिकामा अर्जुननरसिंह केसी छन्। उनी प्रतिनिधि सभाको ज्येष्ठ सदस्यकै हैसियतमा सभामुख भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ