arrow

एमाले संसदीय दलको बैठक बस्दै, ओली पक्राउपछि सदनको रणनीति बनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनापछि विकसित राजनीतिक परिस्थिति र सदनमा खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न यो बैठक बोलाइएको हो।

बैठकको मुख्य एजेन्डा अध्यक्ष ओलीको पक्राउको विरोधमा सदनमा सशक्त आवाज उठाउने र सरकारको कदमविरुद्ध साझा रणनीति तय गर्ने रहेको छ। यसका साथै, चैत १९ गतेदेखि सुरु हुने संसद्को नयाँ अधिवेशन, समसामयिक राजनीतिक मुद्दाहरू र अन्य दलहरूसँगको सहकार्यका विषयमा पनि छलफल हुने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा २५ सिट प्राप्त गरेको नेकपा एमाले हाल संसद्को तेस्रो ठूलो राजनीतिक दल हो। अध्यक्षको गिरफ्तारीलाई 'राजनीतिक प्रतिशोध' भन्दै एमालेले यसअघि नै चैत २५ देखि वैशाख १२ गतेसम्मका लागि देशव्यापी आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ। आजको बैठकले सदनभित्र र बाहिरको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ