आजबाट हिन्दुस्तान माओवादीमुक्त बन्यो - गृहमन्त्री शाह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
3.4k
Shares
तस्बिर : फाइल
नयाँदिल्ली । भारत सरकारले मार्च महिनाको अन्तिम (मंगलबार) बाट हिन्दुस्तान माओवादीमुक्त भएको घोषणा गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै भारत माओवादी नक्सल विद्रोहीबाट मुक्त बनेको घोषणा गरेका हुन् ।
योसँगै शाहले भारतका विभिन्न राज्यलाई जोडेर माओवादीहरूले बनाएको रेड करिडोर पनि ध्वस्त भएको दाबी गरे ।
शाहले हतियार बिसाएर आउने माओवादी कमाण्डरसँग वार्ता हुने तर नआउनेलाई निमिट्यान्न पार्ने चेतावनी दिएका छन् । शाहले ४ हजार ८३९ माओवादीले आत्मसमर्पण गरेको, २ हजार २०० लाई जेल पठाइएको र ७०६ जना सुरक्षा फौजकफ कारबाहीका क्रममा मारिएकोसमेत जानकारी दिए ।
उनले भारतमा केही बुद्धिजिवीहरू माओवादी हिंसाको पक्षमा रहेको भन्दै गरिबलाई हतियार बोकाएर आफ्नो विचारधारा लाद्न उद्यत रहेको आरो समेत लगाए ।
प्रमुख प्रतिपक्ष दल कांग्रेस आईमाथि आरोप लगाउँदै उनले विगतमा कांग्रेस सरकारले नै नक्सलवादीहरूलाई संरक्षण गरेको दाबी गरे ।