arrow

देशव्यापी प्रदर्शन गर्ने एमालेको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
shankar-pokhrel-12-17-082.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि विभिन्न तहमा चरणबद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलका अनुसार पहिलो चरणमा चैत २४ गते सबै जिल्ला कमिटीमार्फत बृहत् कार्यकर्ता भेला आयोजना गरिनेछ। त्यसपछि पालिका, वडा र प्रदेश तह हुँदै आन्दोलनलाई विस्तार गर्दै राजधानी केन्द्रित प्रदर्शन गर्ने रणनीति तय गरिएको छ।

निर्धारित कार्यक्रम अनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौँमा केन्द्रीय विरोध सभा आयोजना गरिने एमालेले जनाएको छ।

एमालेले यसलाई ‘राजनीतिक प्रतिशोधविरुद्धको आन्दोलन’को रूपमा प्रस्तुत गरेको छ।

सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरू सम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने पनि निर्णय भएको छ ।

साथै बैठकले नेकपा एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ