arrow

विद्यालयको पाठ्यक्रममै खेलकुद समावेश गर्ने योजना सार्वजनिक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
sasmit-pokhrel-minister-17-12.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने योजना अघि सारेका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका क्रममा मन्त्री पोखरेलले ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस्तो योजना सार्वजनिक गरेका हुन्।

उनले आगामी पाँच वर्षभित्र सशक्त आधार तयार गरी खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पोखरेलले नेपालमा खेलकुद विकासको मुख्य समस्या सानै उमेरदेखि खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याउँदै विद्यालय स्तरबाटै व्यवस्थित प्रशिक्षण, उचित आहार (डाइट) र पूर्वाधार उपलब्ध गराउन आवश्यक रहेको बताए। 

उनका अनुसार अहिले अधिकांश खेलाडी नेपाल प्रहरी, सेना र एपीएफबाट उत्पादन हुने गरेका छन्, जहाँ १८ वर्षपछि मात्र प्रवेश सम्भव हुन्छ।

काठमाडौँ महानगरपालिकामा रहँदा सञ्चालन गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव उल्लेख गर्दै उनले अब नीतिगत तथा कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता जनाए ।

पाठ्यक्रम विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर विद्यालयको औपचारिक शिक्षामै खेलकुदलाई समेट्ने योजना रहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले खेलकुदले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसलाई समग्र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिए।

आफूलाई मन्त्री वा अध्यक्षभन्दा ‘टिम मेम्बर’का रूपमा हेर्न आग्रह गर्दै उनले विज्ञ तथा कर्मचारीलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे।

आगामी पाँच वर्षभित्र खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दिगो विकासको आधार निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको मन्त्री पोखरेलले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ