एकताकै बलमा ऐतिहासिक परिवर्तन सम्भव छ : प्रदीप पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
553
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै सबै नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुन सार्वजनिक अपिल गरेका छन्।
मङ्गलवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेसको ऐतिहासिक सफलताको मुख्य आधार नै एकता भएको उल्लेख गरे।
देशका हरेक संकट र ऐतिहासिक परिवर्तनमा कांग्रेसले एकजुट भएरै नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अहिलेको प्रतिकूल समयमा पार्टी छिन्नभिन्न हुन नहुनेमा जोड दिए।
"म पार्टी महामन्त्री मात्र नभई एक इमानदार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ," पौडेलले लेखेका छन्। एकतामा नै शक्ति रहने र यसैको बलमा मात्र पार्टीले उज्यालो भविष्य प्राप्त गर्न सक्ने उनको ठम्याइ छ।