arrow

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
nepal-police12.jpg

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनहरूमाथि निगरानी बढाउँदै कारबाही प्रक्रियालाई तीव्र पारेको छ।

इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले शुद्धोधन गाउँपालिका–२ स्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन गरिरहेको अवस्थामा एक थान जेसिबी, एक थान टिपर र एक थान एक्स्काभेटर नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार नियन्त्रणमा लिइएका भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटरलाई आवश्यक कारबाहीका लागि गाउँपालिका कार्यालय पठाइएको थियो।

सो क्रममा ती सवारीसाधनहरूलाई कुल रु तीन लाख २० हजार जरिवाना गरिएको छ। पछिल्लो समय रुपन्देही प्रहरीले चोरी–तस्करी नियन्त्रणका साथै ढुङ्गा, गिट्टी, बालुवा र माटो जस्ता प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध विशेष कडाइ गरेको सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। प्रहरीले यस्ता अवैध गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाही जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ