arrow

आफ्नै उद्योग खोलेर प्रहरीलाई पोशाक दिने गृहमन्त्री गुरुङको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
sudan-12-17.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक अब स्वदेशमै उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीको पोसाक उत्पादनका लागि आफ्नै उद्योग (फ्याक्ट्री) स्थापना गरिने जानकारी दिए।

विशेष गरी यस्तो उद्योग सहरभन्दा बाहिर ग्रामीण क्षेत्रमा स्थापना गरिने उनले बताए। यसबाट गाउँका स्थानीय बासिन्दाले प्रत्यक्ष रोजगारी पाउने र स्वदेशी उत्पादनको प्रवद्र्धन हुने उनको विश्वास छ। "प्रहरीको पोसाक आफैँ उत्पादन गर्ने हो भने देशमै उद्योग विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र आवश्यक सामग्री समयमै उपलब्ध हुन्छ," मन्त्री गुरुङले भने।

पोसाकका अतिरिक्त गृहमन्त्रीले प्रहरी कर्मचारीहरूको 'न्युट्रिसन' (पोषण) र कार्य अवस्था सुधारका विषयमा पनि जोड दिएका छन्। दिनरात जनताको सेवामा खटिने प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उचित पोषण र सुविधाहरू अनिवार्य रहेको उनको भनाइ छ। यस सम्बन्धी फाइल मन्त्रालयबाट अघि बढिसकेको र अब छिट्टै कार्यान्वयनको चरणमा लैजाने तयारी रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ