तेस्रो दिन पनि एमाले सडकमै, अध्यक्ष ओली रिहाइको माग [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
833
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्यूज बैंक ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सोमबार तेस्रो पनि एमालेले आन्दोलन जारी राख्यो । सोमबार एमालेका नेता तथा कार्यकर्ताहरू माइतीघरमा भेला भई सरकारविरुद्ध प्रदर्शन गरे । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।
उनलाई शनिबार बिहान पक्राउ गरिएको थियो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहानै एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
एमालेले तत्काल ओलीलाई छाड्न माग गरेको छ । सो क्रममा आइतबार आक्रामक रूपमा प्रस्तुत भएका एमाले कार्यकर्ता सोमबार भने अलि शान्त देखिन्थे । आइतबार टाउको फुटाएका कार्यकर्तासमेत सोमबार देखिन्थे ।
शनिबारदेखि एमाले सडकमै देखिन्छ । सोमबार काठमाडौँको माइतीघरदेखि बुद्धनगरसम्म आएको एमाले कार्यकर्ताको भीड आइतबारको तुलनामा शान्त देखिन्थ्यो ।
आइतबार भने उत्तेजित हुन खोजेसँगै प्रहरीले लाठीचार्ज गरेको थियो । आइतबार टाउकोमा चोट लागेका कार्यकर्ता पनि सोमबार आइपुगेका थिए ।
देशका विभिन्न भागमासमेत एमालेले प्रदर्शन गरेको छ ।