चैत १९ गते संसद अधिवेशन, नयाँ राजनीतिक कोर्षको तयारीमा सरकार
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
1.4k
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेन नेतृत्वको सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आगामी चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बालेन सरकारको दोस्रो मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले संविधान संशोधनका लागि आवश्यक 'बहस पत्र' तयार पार्न एक विशेष कार्यदल गठन गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।
संविधान संशोधनका लागि राष्ट्रिय सहमति अनिवार्य रहेकाले सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल बनाइएको मन्त्री पोखरेलले बताए। यो समितिले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका सम्भावित बुँदाहरू र प्रक्रियाबारे विस्तृत बहस पत्र तयार पार्ने जिम्मेवारी पाएको छ।