arrow

कोशीबाट बालेनले शुरू गरे सांसदहरूसँग छलफल गर्न  [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
balen-meet-koshi-mps.jpg

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले कोशी प्रदेशका सांसदहरूसँग नागरिकका समस्या, सुशासन र सेवा प्रवाहका विषयमा विशेष छलफल गरेका छन्। सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री साहले प्रदेशका तत्कालीन र दीर्घकालीन समस्या समाधानका उपायबारे सबै दलका सांसदहरूसँग सुझाव मागेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशको समग्र विकास र निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए। उनका अनुसार प्रधानमन्त्री साहले तत्काल समाधान गर्न सकिने प्राथमिकताका योजनाहरूबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्रीले बजेटको सीमितता रहे पनि प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

सोही पार्टीकी सांसद इन्दिरा रानामगरले आफूले झापा–२ का पुल निर्माण, सिँचाइ र तटबन्धका समस्याबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिइन्। विशेषगरी पुलको अभावमा विद्यार्थीले भोग्नुपरेको सास्ती र कृषिमा सिँचाइको अभावबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्। प्रधानमन्त्री साहले उपलब्ध स्रोत र साधनलाई मध्यनजर गर्दै समाधानोन्मुख ढङ्गले अघि बढ्ने आश्वासन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ