रौतहटका पत्रकार मिश्रमाथि आजपाबाट सामाजिक संजालमा दुर्व्यवहार
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
1k
Shares
रौतहट । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, मधेस प्रदेश र रौतहट समितिले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार रातोपाटी डटकमका रौतहट संवाददाता सञ्जय मिश्रमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै मानमर्दन गरिएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ।
“आई सपोर्ट प्रभु” नामक फेसबुक आईडीबाट गरिएको उक्त व्यवहारले पत्रकारको पेशागत मर्यादा र प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको महासंघको ठहर छ ।
समाचारप्रति असहमति भए कानूनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्नु निन्दनीय र अस्वीकार्य कार्य भएको भन्दै नेपाल सरकारले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्दै दोषीमाथि कारबाही गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
महासंघले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारबाही गर्न माग गरेको छ । साथै पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।