arrow

ओली रिहाइको माग गर्दै टाउको फुटाउँदै कार्यकर्ता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
oli-rihai-jhadap-police-82-12-15fff (2).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । एकातिर हृदयको धडकन असामान्य भएको समस्याका साथ शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् भने अर्कातिर उनको रिहाइको माग गर्दै एमाले कार्यकर्ताहरू टाउको फुटाइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे  आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओली शनिबार बिहान पक्राउ परेका हुन् । उनको म्याद थपको काम भइरहेको छ । उनलाई रिहाइ गर्न माग गर्दै देशैभर एमालेका कार्यकर्ता जागेका बेलामा काठमाडौँको बबरमहलमा जुलुस नियन्त्रण बाहिर जान खोज्दा प्रहरीसँग झडप भएको छ । 

केहीलाई टाउकोमा चोट लागेको छ । 

'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसूरमा ओलीलाई शनिबार पक्राउ गरिएको थियो । उनलाई भक्तपुरको गुण्डूस्थित डेराबाट पक्राउ गरिएको हो । 

गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरबाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

उता एमाले नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएसँगै बबरमहल क्षेत्र ठप्प बनेको हो । पहिले नाराजुलससहित काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको थियो । 

पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोअनुसार आज देशैभरमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । 

बबरमहलको जुलुसमा एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री पनि सहभागी भइन् ।


 

oli-rihai-jhadap-police-82-12-15fff (3).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (4).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (5).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (6).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (7).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (8).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (9).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (10).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (11).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (12).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (13).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (14).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (15).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (16).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (17).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (1).jpeg
oli-rihai-jhadap-police-82-12-15fff (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ