arrow

मुटुको धड्कन असामान्य भएसँगै केपी ओली चिकित्सकको निगरानीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
kp-oli-arrest-checkup-.jpeg

काठमाडौँ । हृदयको धडकन असामान्य भएको समस्याका साथ शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे  आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओली शनिबार बिहान पक्राउ परेका हुन् । उनको म्याद थपको काम भइरहेको छ ।

'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसूरमा ओलीलाई शनिबार पक्राउ गरिएको थियो । उनलाई भक्तपुरको गुण्डूस्थित डेराबाट पक्राउ गरिएको हो । 

गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरबाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ