arrow

ओली रिहाइको माग गर्दै नाराजुलुस, बबरमहल क्षेत्र अस्तव्यस्त, झाँक्री पनि सहभागी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
oli-rihai-babarmahal-82-12-15aaa (7).jpeg

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले देशभर प्रदर्शन गरेको छ । काठमाडौँको बबरमहलमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । 

एमाले नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएसँगै बबरमहल क्षेत्र ठप्प छ । पहिले नाराजुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको थियो । 

पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोअनुसार आज देशैभरमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । 

बबरमहलको जुलुसमा एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री पनि सहभागी भइन् ।

'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसूरमा ओलीलाई शनिबार पक्राउ गरिएको थियो । उनलाई भक्तपुरको गुण्डूस्थित डेराबाट पक्राउ गरिएको हो । 

गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरबाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

oli-rihai-babarmahal-82-12-15aaa (2).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (3).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (4).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (5).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (6).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (7).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (8).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (9).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (10).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (11).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (12).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (13).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (14).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (15).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (16).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (17).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (18).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (19).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (20).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (21).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (22).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (23).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (24).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (25).jpeg
oli-rihai-babarmahal-82-12-15aaa (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ