काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ । शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आज अदालत उपस्थित गराउनु पर्नेमा स्वास्थ्यका कारण भर्चुअल माध्यमबाट उपस्थित गराउन लागिएको हो ।