arrow

बालेन प्रधानमन्त्री भएको दोस्रो दिनमै एमाले सडक कब्जातिर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
uml-protest-attack-82-12-14.jpg
तस्बिर : बबरमहलमा आक्रोशित युवाले निजी सवारी तोडफोड गर्ने क्रममा, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको थियो । 

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकले उनीहरूलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ । 

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहानै एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । 

साथै बैठकले जेन–जी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरेको छ । 

सोसँगै एमाले कार्यकर्ताले सडकमा आक्रोश पोखिरहेका छन् । काठमाडौँका विभिन्न स्थानमा एमालेका कार्यकर्ताले आक्रोश पोखेका हुन् । सो क्रममा उनीहरूले जुलुस निकाल्नुका साथै टायरसमेत बालेका छन् । बबरमहलमा भने कार्यकर्ता आक्रोशित हुँदा एउटा निजी सवारी साधनमा क्षति पुर्याएका छन् । 

एमालेले देशैभर प्रदर्शन गरेको छ । 

वालेन्द्र साह बालेन प्रधानमन्त्री भएको दोस्रो दिनमै एमाले सडकमा उत्रिएको हो । उसले लोकतन्त्र र कानूनी शासन विपरीत अध्यक्ष ओलीलाई पक्राउ गरिएको भन्दै आक्रोश पोखेका छन् । 

उनीहरू सडक कब्जातिर लागेका छन् । 

uml-road-protest-2082-12-14 (1).jpeg
uml-road-protest-2082-12-14 (2).jpeg
uml-road-protest-2082-12-14 (3).jpeg
uml-road-protest-2082-12-14 (4).jpeg
uml-road-protest-2082-12-14 (5).jpeg
uml-road-protest-2082-12-14 (6).jpeg
uml-road-protest-2082-12-14 (7).jpeg
uml-road-protest-2082-12-14 (8).jpeg
uml-road-protest-2082-12-14 (9).jpeg
uml-road-protest-2082-12-14 (10).jpeg
uml-road-protest-2082-12-14 (11).jpeg
uml-road-protest-2082-12-14 (12).jpeg
uml-road-protest-2082-12-14 (13).jpeg
uml-road-protest-2082-12-14 (14).jpeg
uml-road-protest-2082-12-14 (15).jpeg
uml-road-protest-2082-12-14 (16).jpeg
uml-road-protest-2082-12-14 (17).jpeg
uml-road-protest-2082-12-14 (18).jpeg
uml-road-protest-2082-12-14 (19).jpeg
uml-road-protest-2082-12-14 (20).jpeg
uml-road-protest-2082-12-14 (21).jpeg
uml-road-protest-2082-12-14 (22).jpeg
uml-road-protest-2082-12-14 (23).jpeg
uml-road-protest-2082-12-14 (25).jpeg
uml-road-protest-2082-12-14 (24).jpeg
uml-road-protest-2082-12-14 (26).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ