arrow

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर आउन आह्वान [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
uml-cadres-82-12-14uuu (6).jpeg

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । 

दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ। लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि एमाले सचिव महेश बस्नेतले आह्वानसमेत गरेका छन् । 

यता ओली पक्राउको विरोधमा काठमाडौँका विभिन्न स्थानमा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । सचिवालय बैठक बसेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौँको चावहिल लगायतका क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका थिए ।

एमालेले शनिबार दिउँसो ७७ ओटै जिल्लामा विरोध प्रदर्शन गरिने पनि जनाएको छ । 

यता एमालेले ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

बैठकले उनीहरूलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ । 

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहानै एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । 

साथै बैठकले जेन–जी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ । 

uml-cadres-82-12-14uuu (2).jpeg
uml-cadres-82-12-14uuu (3).jpeg
uml-cadres-82-12-14uuu (4).jpeg
uml-cadres-82-12-14uuu (5).jpeg
uml-cadres-82-12-14uuu (6).jpeg
uml-cadres-82-12-14uuu (7).jpeg
uml-cadres-82-12-14uuu (8).jpeg
uml-cadres-82-12-14uuu (9).jpeg
uml-cadres-82-12-14uuu (10).jpeg
uml-cadres-82-12-14uuu (11).jpeg
uml-cadres-82-12-14uuu (12).jpeg
uml-cadres-82-12-14uuu (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ