arrow

अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
gokarna-bista-82-12-14.jpg

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गरे । 

विष्टले सरकारले राजनीतिक पूर्वाग्रह राखेर नेताहरूलाई दुःख दिने काम गरिरहेको बताए । यो लोकतन्त्रको उपहास भएको र एमालेले यसको विरुद्धमा सशक्त आवाज उठाउने बर्ताए । 

उपाध्यक्ष विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।

उनले भने, ‘यो राजनीतिक प्रतिशोध हो । म यसको निन्दा गर्न चाहन्छु । अविलम्व हाम्रो पार्टीको अध्यक्षलाई रिहाइको लागि म माग गर्दछु ।’

बालेन सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसूरमा पक्राउ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ