arrow

प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर – खगराज अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
khagaraj-adhikari.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ’गैरकानूनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गरेका छन् । 

अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानूनको भावना विपरीत रहेको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाए । 

उनले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रष्ट पारेको बताए । 

अधिकारीले एमाले यस कदमको विरुद्धमा कानूनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पारे । उनले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रहसमेत गरे ।
 
उनले भनेृ, ‘ यो गैरकानूनी जुन थुना भएको छ, तुरुन्त बिना शर्त उहाँलाई रिहा गर्नुपर्छ । र कानूनी राज्यको राज्यलाई अघि बढाउनुपर्छ, प्रतिशोधपूर्ण जुन गिरफ्तारी छ यो संविधान कानून र न्यायको हिसाबले बिल्कुल विपरित छ हामी यसको प्रतिवाद गर्छौं । यसमा साइनै छैन, कुनै साइनै छैन उहाँको गिरफ्तारी छानबिन समितिले सिफारिस गरेर सरकारले त्यो अनुसार गरेको हो, यो अभियोगै नगरिकन रातारात जो गरिएको छ प्रतिशोधको ज्वाला उहाँहरूले त्यो बाल्नुभएको छ त्यसले देशै आगो बल्छ । यो गिरफ्तारी गैरकानुनी छ प्रतिशोधपूर्ण छ र गैरकानूनी गिरफ्तारी भएको हुनाले तुरुन्त उहाँलाई रिहा गर्नुपर्छ र देशलाई द्वन्द्वमा होइन सहमतिमा लानुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। हामी त्यसको प्रतिवाद गर्छौँ कानुनी र सडकबाटै यसको प्रतिवाद गर्छौं ।’

उनले सरकारको यस्तो कदमले लोकतन्त्र र कानूनी राज्यको अवधारणामाथि नै प्रहार गरेको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ