केपी ओली पक्राउदेखि शिक्षण अस्पतालसम्म [२७ तस्बिरमा]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
1.1k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनको निवासबाटै शनिबार बिहानै पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली बिहान ५ बजे गुण्डू पुगेका थियो।
ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उनले जानकारी दिए । ओलीलाई पक्राउ गरी काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगियो । त्यहाँबाट उनलाई स्वास्थ्य परीक्षण गर्न प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए । “प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ”, उनले भने, “अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।”
उनलाई परीक्षणपछि अस्पतालमै राखिने बताइएइको छ ।
जेन–जी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।